सप्तरी : शम्भुनाथ नगरपालिका- २ कुुशहा (सप्तरी) स्थितराजोवती माध्यमिक बिद्यालय कुशहा अर्नाहा,सप्तरीमा साइकल वितरण गरिएको छ ।

बिहीबार एक कार्यक्रम बीच कक्षा ८ क छात्राहरुलाई प्रदेश-२ सरकारको बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत साइकल वितरण गरिएको छ ।

कक्षा ८ तह अध्यनरत श्री राजोवती माध्यमिक बिद्यालय कुशहा अर्नाहा सप्तरीमा ३४ जना छात्राहरुलाई प्रदेश २ का भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहद्वारा साइकल वितरणग रिएको छ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले आफु कृषि मन्त्री भएपनि शिक्षा क्षेत्रमा विकासको लागि आफु तत्पर रहने प्रतिबद्धता जनाए । उनले साइकल बितरण कार्यक्रमबाट शिक्षा क्षेत्र तिर छात्राहरु आकषिर्त हुँदै आएको बताए ।

उक्त साइकल वितरण कार्यक्रममा शम्भुनाथ नगरपालिका – १२ का वडा अध्यक्ष लक्ष्मी साह लगायतका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।


२०७८ श्रावण २१, बिहीबार २१:५०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय