जनकपुरधाम : प्रदेश २ सरकारलाई प्रतिमान निमा स्मृति फाउण्डेशनले करिब एक करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

सोमबार जनकपुरधामस्थित प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई प्रतिमान निमा स्मृति फाउण्डेशनले कोरोना महामारी नियन्त्रण तथा रोकथामको लागि एक करोड मुल्य बराबरको विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

अमेरिकी गैर सरकारी संस्था होपको सहयोगमा फाउण्डेशनले उक्त सामग्रीहरु मुख्यमन्त्री लालबाबु राउत मार्फत आज प्रदेश सरकारलाई सो सरसमानहरु हस्तान्तरण गरेका छन ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा फाउण्डेशनका कार्यकारी निर्देशक स्वाती थापाले, आगामी दिनहरुमा प्रदेश सरकारसंग समन्वय गरि यस प्रदेशमा कोरोना महामारीसंग लड्न र बच्नका लागी आवश्यक पर्ने सामाग्री, प्रशिक्षण लगायतका सहयोग गर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रतिमान निमा स्मृति फाउण्डेशनलाई उक्त स्वास्थ्य सामाग्री नि स्वार्थ भावनाले उपलब्ध गराइदिएकोमा हृदय देखि धन्यवाद दिनुभयो । मुख्यमन्त्री राउतले आगामी दिनमा पनि फाउण्डेशनले यसरीनै प्रदेशवासीलाई सहयोग गर्ने अपेक्षा राखेको बताउनुभयो ।

हस्तान्तरित सामग्रीहरुमा गाउन २४०० थान, फेस शिल्ड २३३२ थान, मास्क ८४०० थान, एन ९५ डिस्पोजेबल मास्क १८०० थान, डिजिटल थर्मोमिटर २० थान, प्रोटेक्टीभ फेस शिल्ड १८९० थान, पिपिई मेडियम २७६, पिपिई लार्ज २७६, इमरजेन्सी रिलिफ बेड ४ थान, ग्लोब्स एक लाख थान, केएन ९५ प्रोटेक्टीभ मास्क १५३६० थान रहेको छ ।उक्त अवसरमा समाजिक विकास मन्त्री नवल किशोर साह, प्रमुख सचिव हरि प्रसाद मैनाली, स्वास्थ्य आपूर्ति निर्देशक डा. प्रमोद यादव सहितको उपस्थिति रहेको थियो ।

२०७८ भाद्र २८, सोमबार १९:५४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!