काठमाडौं : मुम्बइ नजिक समुद्रमा नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले अहिलेसम्मको सबैभन्दा ठूलो छापामार कारवाही गर्दै एक ठूला अभिनेताका छोरा समेत १३ जनालाई हिरासतमा लिएको छ ।

कार्डेलिया द इम्प्रेस नामको क्रुज शिपबाट समातिएका यीमध्ये ८ जनालाई औपचारिक रुपमा गिरफ्तार गरिएको छ । यो मामिलामा बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनसँग पनि सोधपुछ भइरहेको छ ।

एनसीबी सूत्रलाई उद्धृत गर्दै भारतीय अखबार दैनिक भास्करले जनाएअनुसार क्रुजमा शाहरुखका छोरासँगै बलिउडमा प्रतिष्ठित अर्का ठूला अभिनेताकी छोरी पनि थिइन् । कुन अभिनेताकी छोरी को हुन् भन्ने विषयमा खुलाइएको छैन ।

उनलाई हिरासतमा लिइएको छ वा छैन भन्ने विषयमा पनि एनसीबीले कुनै जानकारी दिएको छैन । क्रुजको एक फोटो पनि सार्वजनिक भएको छ । फोटोमा आर्यन खान र उनका साथी अरबाज मर्चेन्टको साथमा एक युवती पनि छिन् ।

यी युवतीको केसमा संलग्नता थियो वा थिएन, उनी पार्टीमा सहभागी थिइन् वा थिइनन् भन्ने विषयमा प्रस्ट हुन नसकेकोले उनको पहिचान लुकाइएको छ ।

सूत्रका अनुसार क्रुजमा भइरहेको पार्टीमा गएकाहरुले आफ्नो पाइन्टको सिलाइमा, महिलाहरुले पर्सको ह्याण्डलमा, भित्री वस्त्रको सिलाइ गरिएको भागमा र कलरको सिलाइमा ड्रग्स लुकाएर लिएर गएका थिए ।

यो पनि पढ्नुहोस् !

शाहरुख खानका छोरा आर्यन पक्राउ


२०७८ आश्विन १७, आईतवार २२:१२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय