काठमाडौं : भारतका चर्चित अभिनेता शाहरुख खानका छोरा पक्राउ परेका छन् । भारतको नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले शाहरुखका छोरा आर्यन खानसहित १३ जनालाई पक्राउ गरेको हो ।

शनिबार राती मुम्बईमा एक क्रुज सिपमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको एनसिबीले जनाएको छ । प्रहरीका अनुसार उक्त क्रुज सिपमा ड्रग्स’ पार्टी चलिरहेको थियो । अहिले हिरासतमा रहेका शाहरुखका छोरा आर्यन खानसँग बयान लिने काम भइरहेको छ ।

छानविन चलिरहेकाले प्रहरीले धेरै प्रतिक्रिया दिन नमानेको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आर्यन खान पार्टीमा उपस्थित भएपनि उनको साथबाट ड्रग्स’ भने बरामद भएको नभएको बताइएको छ ।

बलिउडका अन्य अभिनेताका छोराहरु पनि हिरासतमा रहेको प्रहरीलाई उद्धृत गर्दै केही सञ्चारमाध्यमले जनाएका छन् । तर को–को समातिएका छन् भन्ने सार्वजनिक भइसकेको छैन । शाहरुखका छोराको फोन चेक गरेको र उनीसँग सोधपुछ गरेको प्रहरी स्रोतले जनाएको छ ।

२०७८ आश्विन १७, आईतवार १४:१५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय