काठमाडौं: मुम्बईको फोर्ट कोर्टले लागुऔषध मुद्दामा पक्राउ परेका शाहरुख खानका छोरा आर्यन खान थप ३ दिन एनसीबीको हिरासतमा राख्न आदेश दिएको छ।

सोमबार भएको सुनुवाइको क्रममा एनसीबीले अक्टोबर ११ सम्म हिरासतमा राख्न अनुमति मागेको भए पनि अदालतले अक्टोबर ७ सम्मको म्याद दिएको हो।

उनीसँगै पक्राउ परेका अरबाज मर्चेन्ट, मुनमुन धमिजा, विक्रान्त चोकर, इस्मित सिंह, नुपुर सारिका, गोमित चोपडा र मोहक जसवाललाई पनि अक्टोबर ७ सम्म नै हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

यो पनि पढ्नुहोस् !

ड्रग्स पार्टीमा शाहरुखका छोरासँग अर्का ठूला अभिनेताकी छोरी थिइन्

शाहरुख खानका छोरा आर्यन पक्राउ

 


२०७८ आश्विन १८, सोमबार २२:१५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय