महेन्द्रनगर :  विजया दशमी २०७८ को अवसरमा धनुषाको मिथिला नगरपालिका वडा नं. ५ विश्रामपुरमा भएको मैत्रीपूर्ण फुटलबल प्रतियोगिताको उपाधी आयोजक विश्रामपुर ‘बी’ टिमले हात पारेको छ । प्रतियोगिता अन्तर्गत आइतवार भएको फाइनल खेलमा आयोजक विश्रामपुर ‘बी’ टिम र धारापनी स्कुल टोलको टिमबीच कडा र रोचक प्रतिस्पर्धा छ ।

खेलको निर्धारित समयभित्र कुनै टिमले गोल गर्न नसकेपछि खेल पेलान्टी शुटआउटमा पुगेको थियो । पेलान्टीमा आयोजक विश्रामपुर ‘बी’ टिमले धारापानी स्कुल टोलको टिमलाई पराजित गरेको छ । पेलान्टीमा आयोजक विश्रामपुर ‘बी’ टिमका गोल किपरले २ ओटा बल रोकेका थिए भने धारापानी स्कुल टोल टिमका गोल किपरले एउटा बल रोकेका थिए ।

footbal
फाइलन खेलमा योगेन्द्र यादवले एम्पायर तथा विक्की मगर र हेम बलम्पाकीले लाइन्सम्यानको रुपमा खेलाएका थिए ।
प्रतियोगिताको विजेता आयोजक विश्रामपुर ‘बी’ टिमलाई नगद १० हजार पुरस्कार सहित ट्रफी प्रदान गरिएको छ भने उप विजेता धारापानी स्कुल टोल टिमलाई नगद ५ हजार पुरस्कार सहित ट्रफी प्रदान गरिएको छ । यस्तै दुवै टिमका खेलाडीलाई मेडल प्रदान गरिएको आयोजक विश्रामपुर युथ क्लवका अध्यक्ष दिल बहादुर मगरले बताएका छन् ।

प्रतियोगिताको समापन समारोह सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश २ का अध्यक्ष एवं नेकपा एकिकृत समाजवादी पार्टीका धनुषा जिल्ला सचिव सोम प्रसाद शर्माको प्रमुख आतिथ्यमा भएको छ । प्रमुख अतिथि शर्माको हातबाट दुवै टिमलाई ट्रफी र नगद पुरस्कार प्रदान गरिएको थियो ।


२०७८ आश्विन २४, आईतवार २०:३२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय