नेपालवाणी / जनकपुरधाम, मंसिर ८ ।
जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पीटलले ल्याप्रोस्कोपी प्रविधिबाट पाठेघरको शल्यक्रिया सुरु भएको छ । बिना चिरफार पाठेघर शल्यक्रिया गर्ने ल्याप्रोस्कोपी प्रविधि जनकपुरधाममै सुरु भएको हो । देश २ मा एकमात्र नेशनल मेडिकल कलेजले संचालन गर्दै आएको ल्याप्रोस्कोपी (दुरबिन) अपरेशन गर्ने प्रविधि अब जानकी हेल्थकेयरले सोमवार देखि संचालनमा आएको हो ।
पहिलो दिनमै एक महिलाको पाठेघरको शल्यक्रिया गरी सफल उपचार गर्न सफल भएको जानकी हेल्थकेयर सेन्टरका अस्पतालका प्रशासन प्रमुख हरिचन्द्र यादवले बताए । ‘चिकित्सा क्षेत्रमा नेपालका लागि यो नयाँ प्रविधि हो,’ अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. विरेन्द्र भगतले भने ‘यो प्रविधिले ल्याप्रोटोमी प्रविधिभन्दा कम झन्झिटिलो, कम खर्चिलो र सुरक्षित छ ।’
ल्याप्रोटोमी प्रविधिले चिरफार गरेर अपरेशन गर्दा ७–८ दिनसम्म अस्पताल र महिनौ दिनसम्म घरमा बस्ने, महिनौ सम्म औषधि खाने र पेट चिरेर शरीरमा क्षति पु¥याउने जस्ता समस्या हुन्छ । तर यो ल्याप्रोस्कोपी प्रविधिले ती समस्याहरु बिरामीलाई झेल्नु झेल्नु नपर्ने अस्पताल प्रशासन सह–प्रमुख संजय यादवको भनाइ छ ।
यसप्रविधिमा पेटमा मात्र ३–४ ठाउँमा प्वाल पारेर दूरबीनयुक्त क्यामेरा र मोनिटर सहितको मेसिनले गरेको कारण बिरामी दुई दिन भित्रै डिस्चार्ज हुने र बढी औषधि पनि सेवन गर्नु नपर्ने डा. भगतले बताए । बिरामीको नाइटो नजिकै र तल्लो पेटको दायाँबायाँ प्वाल बनाइन्छ । नाइटो नजिकै पारिएको प्वालबाट दूरबिन, बत्ती र पेट फुलाउने ग्याँस (कार्बनडाइअक्साइड) भित्र पठाइन्छ । अन्य दुई प्वालबाट स–साना कैंची, चिम्टालगायत सामान पेटभित्र छिराई भीडीओ मोनिटरमा हेरेर योनीबाट पाठेघर निकालिन्छ ।
पछिल्लो केही समयदेखि नेपालमा प्रभावकारी बन्दै गएको ल्याप्रोस्कोपी प्रविधि शल्यक्रिया विश्वस्तरमै पाठेघर लगायतका पेट तथा योनी भित्रका क्यान्सर, मासु बढेको लगायतका रोगका लागि कम खर्चिलो, सहज र विश्वसनीय मानिएको दाबी समेत डा. भगतले गरे ।
कस्तो अवस्थामा गर्ने ?
महिलाको पेटको समस्याहरु जस्तै तल्लो पेट दुखिरहने, दुखाई कम गर्ने औषधि सेवान गर्दा ठिक हुने र पछि फेरी दुखाई सुरु हुने, क्रोनिक पेल्भीक पेन भएका बिरामीलाई डायग्नोस्टिक ल्याप्रोस्कोपी गरेर जाँच गरिन्छ । महिलाहरुको यस्तो समस्यामा भिडियो एक्स–रे गर्दा कुनै समस्या नदेखिने, रगत, पिसाव जाँच गर्दा पनि पत्ता नलाग्ने, रिर्पोट सामान्य आउने हुन्छ । यस्तो अवस्थामा डाइग्नोस्टिक ल्याप्रोस्कोपी गरिएमा रोगको पत्ता लगाउन सकिन्छ ।
सानो दुर्बिन पठाएर पाठेघरमा मासु पलाएको, पाठेघरको बनावट, पाठेघर फुलेको, अण्डाकोष (इखबचथ ) मा मासु पलाएको ,पानी वा रगत जमेको ल्यापारोष्कोपिक प्रविधिबाट निकाल्न सकिन्छ । इन्डोमेट्रियोसीस् रोगका कारण पेट दुखाईमा औषधि सेवन गर्दा समेत निको हुदैन । लामो समय सम्म दुख्ने, यौन सम्पर्क गर्दा दुख्ने, दिशा गर्दा दुख्ने, महिनावारीमा हुने समस्यामा फाइदा हुन्छ । यस्तो समस्या अल्ट्रासाउण्डमा देखिदैन जसका लागि ल्याप्रोस्कोपी नै गर्नु पर्ने हुन्छ ।
बाझोपनाका समस्या पनि यो लाभदायक मानिन्छ । किनभने यसबाट पाठेघरको बनावट, ओभरी सामन्य छ छैन देखिनुको साथै पाठेघर सानो भएको अवस्था थाहा पाउँन सकिन्छ । यसबाट क्रोमोट्युवेसन पनि गर्न सकन्छि । पाठेघरका मिथालिन व्लु भन्ने औषधि पठाइन्छ । जसको माध्यमबाट ट्युवहरु खुला छ–छैन जाँच गर्न सकिन्छ । यसको साहेताले कतै अवरोध भएका पनि ट्युव खुल्न जान्छ ।

२०७८ मंसिर ८, बुधबार १२:०१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय