नेपालवाणी / जनकपुरधाम
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत राष्ट्रपति विद्यादेवी भण्डारीकी सम्धिनी किरण यादव पराजित भएकी छिन् । वर्तमान केन्द्रिय समिति सदस्यमा रहेकी यादवले १४ औं महाधिवेशन अन्तर्गतको मधेसी महिलातर्फको केन्द्रीय सदस्यमा पराजित भएकी हुन् ।
काँग्रेसको महाधिवेशनमा पराजयसंगै आगामी पाँच वर्ष काँग्रेस केन्द्रीय समिति बाहिर रहने भएकी छन् । शेखर कोइरालाको प्यानलबाट उम्मेदवारी दिएकी किरण चार जना महिलामा पराजित भएकी हुन् ।
प्रथम राष्ट्रपति डा. रामवरण यादवको भतिजि समेत रहेकी किरण यादव २०७० सालको निर्वाचनमा समानुपातिक तर्फ संविधानसभा सदस्य भएकी थिईन् । २०७४ मा प्रत्यक्ष तर्फ निर्वाचनमा विजयी भएकी यादव प्रतिनिसभा सदस्यको निर्वाचनमा पराजय बेहोर्नु परेको थियो ।
यस्तै शेरबहादुर देउवाको प्यानलबाट मुक्ताकुमारी यादव ३ हजार ९ सय ६९ मत ल्याएर पहिलो स्थानमा निर्वाचित भएकी छन् । यस्तै मिनाक्षी झा ३ हजार १२, मन्जु कुमारी यादव २ हजार ८ सय ८३ र नगिना यादव २ हजार ८ सय ४६ मत ल्याएर विजयी भएकी छन् ।


२०७८ पुष ७, बुधबार १३:२८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु