
नेपालवाणी / जनकपुरधाम
नेपाली काँग्रेसको १४ औं महाधिवेशनको दोश्रो चरणमा सभापति शेरबहादुर देउवा र विमलेन्द्र निधिले एकअर्कालाई सघाउन केन्द्रमा अंकमाल गरेपनि प्रदेशको नेता कार्यकर्ता बीच कुटाकुट भएको छ ।
विमलेन्द्र निधि पक्षधर र देउवा पक्षधर नेपाली कांग्रेसका नेता कार्यकर्ता विरोधमा उत्रिएसँगै जनकपुरको गोपाल धर्मशाला रणभूमिमा परिणत भयो ।
राति मतदान गर्न नहुने भन्दै नाराबाजीमा निधि पक्षधर समूह उत्रिएपछि त्यसको प्रतिवाद गर्दै शेरबहादुर देउवा पक्षधर समूह पनि नाराबाजीमै उत्रिएपछि झडप भएको हो । मतपत्र छपाईमा ढिलाई भएपछि मतदान स्थगित हुँदा दुवै पक्षबिच झडप भएको हो ।
अहिले पनि दुवै पक्षधर आमने सामने छन् । कुनै पनि बेलामा भिडन्त भइहाल्ने स्थिति बनेको छ । प्रदेशको नेतृत्व लिन प्रतिस्पर्धामा उत्रेका कृष्णा यादव पार्टी सभापति शेरबहादुर देउवा समूहका हुन् । संस्थापन पक्षबाट उम्मेदवार बनेका कृष्णा यादव विरुद्ध विमलेन्द्र निधि र शेखर कोइरालाले संयुक्त रामसरोज यादवलाई उम्मेदवार खडा गरेका छन् । निधि र शेखरको समूहबाट प्रदेश सभापतिमा प्रदेश २ का भौतिक पुर्वाधार मन्त्री रामसरोज यादव प्रतिस्पर्धामा छन् ।
निधि पक्षधर नेता कार्यकर्ताहरुले गृहमन्त्री बालकृष्ण खाँणको विरोधमा नारावाजी गर्दै गृहमन्त्रीको आडमा चुनाव भाँडन पाईदैन भन्दै नारावाजी गरेका थिए ।