
नेपालवाणी / जनकपुरधाम ।
नेपाली कांग्रेस प्रदेश २ को प्रथम अधिवेशन अन्तर्गत दही र पानीको खाली ट्यांकीमा मत खसाल्ने व्यवस्था गरिएको छ । जनकपुरधाम ४ स्थित गोपाल धर्मशालामा जारी निर्वाचनमा सभापति र पदाधिकारीको मतदान दहीको ट्यांकीमा मतदान भैरहेको छ । यसैगरी सदस्यहरुको मतदान पानीको खाली टयाङ्कीमा भईरहेको छ ।
प्रदेश २ का प्रथम अधिवेशनका लागि दुई हजार ७५ प्रतिनिधि रहेका छन् । मतदाता र उम्मेदवार धेरै हुने हुँदा मतदानका लागि सदस्य संख्याको आधारमा ठूलो पानी ट्यांकीको व्यवस्था समेत गरिएको हो ।
कांग्रेसको नेतृत्व चयनका लागि बुधवार १ बजेदेखि मतदानको कार्यक्रम रहेपनि मतपत्र समयमा नछापिदा निर्वाचन लम्बिएको प्रमुख निर्वाचन अधिकृत प्रल्हाद गौत्तमले जानकारी दिए । विहिवार विहानै देखि मतदान सुरु हुने भनिएपनि आवश्यक पूर्वाधार तयार नहुँदा विहानर ९ ः३६ बजेदेखि मतदान भएको थियो । बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको निर्वाचन अधिकृत गौत्तमले जानकारी दिए ।