
गोबिन्द महतो / जनकपुरधाम
नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन स्थलमा आ–आफ्ना बर्चश्व कायम राख्दै नेतालाई जिताउन शिर्ष द्विपक्षीय नेता भोग माग्न थालेका छन् । प्रदेशको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानका क्रममा नेता विमलेन्द्र निधिले आफू पक्षधर सभापतिका उम्मेदवार रामसरोज यादवलाई भोट मागेका हुन । यसैगरी कृष्ण प्रसाद यादवको पक्षमा हालै सह–महामन्त्रीमा निर्वाचित नेता महेन्द्र यादवले भोट मागिरहेका छन् ।
कांग्रेस प्रदेश अधिवेशन अन्तर्गत मतदान स्थालमा प्रदेश २ मा सभापतिका लागि निधि पक्षधर रामसरोज यादव र संस्थापन पक्षबाट कृष्ण यादव चुनावी मैदानमा छन् । जनकपुरधामस्थित गोपाल धर्मशालामा जारी कांग्रेसको प्रथम अधिवेशनमा ७२ पदका लागि १ सय ७४ जनाले उम्मेदवारी दिएका छन् । ५ सदस्य निर्विरोध चयन भइसकेका छन् । बाँकी ६७ पदका लागि मतदान भइरहेको हो ।
प्रदेश २ का आठ जिल्लाबाट झण्डै २ हजार मतदाता निर्वाचनमा सहभागी छन् ।