
गोविन्द महतो / जनकपुरधाम ।
नेपाली काँग्रेसको प्रदेश २ को नयाँ कार्यसमितिका लागि जारी निर्वाचनमा हालसम्म ९ सय ७७ मत खसेको छ ।
जनकपुरधामको गोपाल धर्मशालामा जारी मतदानमा ४ बजेसम्म ९ सय ७७ मत खसेको निर्वाचन संयोजक प्रह्लाद गौतमले जानकारी दिए ।
निर्वाचन आज साढे ९ः३६ बजेदेखि सुरु भएको हो ।
काँग्रेस प्रदेश २ को नयाँ नेतृत्वका लागि दुईवटा प्यानल रहेको छ ।
केन्द्रीय सभापति शेरबहादुर देउवा समुहबाट रौतहटका सभापति कृष्ण यादव र विमलेन्द्र निधि–शेखर कोइराला समुहबाट प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव उपसभापतिका उम्मेदवार हुन् ।
मतदानमा १ हजार ९ सय ८० जना प्रतिनिधि सहभागी रहेको निर्वाचन समितिका संयोजक गौतमले जानकारी दिए ।
मतदान अबेर रातिसम्म चल्ने अनुमान गरिएको छ ।