
गोविन्द महतो / जनकपुरधाम ।
प्रदेश २ को नामाकरणका लागि प्रदेशसभामा बिभिन्न चार प्रस्ताव पेश भएको छ । प्रदेश २ को प्रदेशसभाको आठौं अधिवेशनको विहिवार बसेको दोश्रो बैठकमा नामाकरणका लागि चारवटा प्रस्ताव पेश भएको हो ।
प्रदेशसभा बैठकमा ‘मधेश प्रदेश’, ‘जानकी प्रदेश’, ‘मध्य मधेश प्रदेश’ र ‘मिथिला भोजपुरा’ नाम पेश भएको हो । मधेश प्रदेश प्रस्ताव सत्तारुढ दल जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्रबाट पेश गरेको छ । भने प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले त्यसको समर्थन गरेको छ ।
अर्का सत्तारुढ दल नेकपा एकिकृत समाजवादी पार्टीको तर्फबाट प्रदेशको नाम ‘जानकी प्रदेश’ प्रस्ताव पेश गरिएको हो । कांग्रेसले ‘मिथिला–भोजपुरा’ नामको प्रस्ताव पेश गरेको छ भने कांग्रेसकै प्रदेशसभा सदस्यले राजेश्वर प्रसाद साहले ‘मध्य मधेश’ प्रदेश प्रस्ताव पेश गरेको हो ।
जसपाको तर्फबाट शैलेन्द्र कुमार यादव, माओवादी केन्द्रको तर्फबाट भरत प्रसाद साह, नेकपा एसको तर्फबाट प्रमोद कुमार यादव, नेपाली कांग्रेसको तर्फबाट शिवचन्द्र चौधरीले नामको प्रस्ताव पेश गरेका हुन् भने कांग्रेसकै राजेश्वर प्रसाद साहले ‘मध्य मधेश’ प्रदेश नामको प्रस्ताव पेश गरेका हुन् ।
नेकपा एमालेको तर्फबाट प्रस्ताव गरिएको नामाकरणको प्रस्ताव भने आज पेश हुन सकेको छैन् ।