नेपालवाणी / जनकपुरधाम
सत्तारुढ दल जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्य योगेन्द्र राय यादवले प्रदेशको नाम ‘मधेश’ नभए राजधानी ‘जनकपुरधाम’ नहुने बताएका छन् । शुक्रवार प्रदेशसभाको बैठकमा बोल्दै भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री समेत रहेका यादवले प्रदेशको नाम ‘मधेश’ नभए राजधानी ‘जनकपुरधाम’ नहुने बताएका हुन् ।
‘राजनीतिक सवालमा राजा जनक र माता जानकीसँग जोडेर बहस गरे कहिल्यै पनि प्रदेशको नाम र स्थायी राजधानी हुदैन, उनले थप्दै भने, ‘यदी स्थायी राजधानी र नामको जब हुन्छ, अनि जनकपुरधामलाई सहर्ष स्विकार गर्ने भोजपुरावासी, बज्जिकावासीको आत्मामा चोट नपुगाओस यो मेरो मिथिलावासीसँग आग्रह छ ।’
यादवले नाम र राजधानी दुवै मिथिलाकै पक्षमा नहुने भन्दै भने, ‘यदी तपाईहरु चाहनुहुन्छ कि दुवै तर्फ मेरो कुरा होस् अर्थात चित पनि पट्टपनि मेरो होस् त्यो सम्भव छैन, हामी पनि स्थायी राजधानीलाई भन्छौँ भोजपुरा तर्फ लगौँ’, उनले अगाडी भने, ‘यदी मधेश शब्द तपाईलाई राम्रो लाग्दैन भने जनकपुरधामलाई पनि मन परेको छैन् ।’


२०७८ पुष ९, शुक्रबार १८:१२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु