
नेपालवाणी / जनकपुरधाम ।
संघीयताको अभ्यास सुरु भएको झण्डै पाँच वर्षमा पहिलो पटक प्रादेशिक संरचनामा प्रवेश गर्दै गरेको नेपाली काँग्रेसको स्वरुप नयाँभएपनि प्रचारशैली पुरानै ढर्राको कायम छ । कुनैबेला मधेशको ‘लालकिल्ला’ रहेको देशको सबैभन्दा जेठो भनिने पार्टी नेपाली काँग्रेसको प्रथम प्रदेश अधिवेशनको स्थल प्रचार सामग्रीले कुरुप बनेको छ ।
‘फलाना पदमा पदमा फलाना योग्य, सक्षम, कर्मठ, संघर्षशील, ईमान्दार र पार्टीको वफादार नेतालाई आफ्नो अमुल्य मत दिएर जिताउनुहोस्’ जताततै यस्तै सन्देश लेखिएको ब्यानर र पर्चा पम्प्लेटले भरिभराउ अधिवेशन स्थल भएको नेपाल विद्यार्थी संघका निवर्तनमा केन्द्रिय सदस्य ममता महतो बताउँछिन् । ‘अमुल्य मत दिएर मलाई जिताउनुहोस्’ लेखिएको ब्यानर यत्रतत्र अधिवेशन स्थल सर्वत्र झुन्डयाईएको छ । जसले अधिवेशन स्थललाई कुरुप बनाएको छ ।
मतदान स्थल जनकपुरधाम ४ गोपाल धर्मशाला, रामचोक, धनुष सागर लगायतका पर्खाल, पार्टीपौवा तथा सडकमा अग्ला–अग्ला रुख तथा पोलहरुमा आ–आफनो प्रचार–प्रसार सामग्री झुन्डयाउने होडबाजी नै चलेको छ । ‘कहीँ कतै चुनावी मैदानमा पछि त परिने हैन भन्दै कोही बाध्यताले त कोही रहरले ठुला–ठुला फलेक्स ब्यानर, पर्चा पम्पलेट टाँसेर सार्वजनिक स्थललाई फोहर बनाएको छ ।’
मतदान स्थलमा भेट्टिएका नेपाल विद्यार्थी संघ धनुषाका पूर्व सभापति सुजित मिश्रले पुराको प्रचार शैलीले खर्च पनि बढ्ने र प्रचार अभियानले सकारात्मक भन्दा नाकारात्मक सन्देश बढी जाने भएकोले प्रचार शैलीलाई समेत एजेण्डा बनाएर परिवर्तनको खाँचो औल्याए । ‘अरुले जे ग¥यो, त्यही आफु पनि गर्न जरुरी छैन, समाजिक सञ्जाल, अनलाईन प्रविधि, म्यासेज जस्ता वैज्ञानिक प्रविधि हुँदाहुँदै पनि बुढो बाजेको पेडा पसल जस्तो अरुले जे ग¥यो त्यही गर्न जरुरी छैन ।’ नेता मिश्रले भन्छन, ‘उम्मेदवार एउटा हुन्छ, उसले एक्लैमा १० वटा गाडी १०० जना मान्छे बोकेर आउँछ, यो नयाँ कुरा होईन, कुनैपनि पार्टीले नयाँ एजेण्डा नै बोकेर नआएपछि प्रचारशैली पनि पुरानै ढर्राको हुनु कुनै नौलो होईन ।’
मतदान स्थलमा भेटिएका पर्सा जिल्लाका मृत्युञ्जय कुमार श्रीवास्तवले विश्वले विज्ञान र प्रविधिको प्रयोग गरेर कम खर्चमा च्ुनाव गराउने परिपाटी अँगाल्दै गएपनि हामी थप पछि धकेलिदै पुरानै शैली अपनाईरहेकोमा आश्चर्य प्रकट गरे । ‘देशको सबै दलमा नयाँ संचरना स्थापना भएपनि ढर्रा पुरानो शैलीकै छ । यो त हामीले २०–२५ वर्ष पहिल्यै पनि हेरेकै हौं, अहिलेपनि हेर्दैछौं । अलिकति पनि परिवतन भएको छैन् । यसको विकल्प अहिलेको नयाँ पुस्ताले खोज्नुपर्ने बेला आएको छ ।’ श्रीवास्तले भने, ‘काँग्रेस मात्र नभनौं देशको प्रायः सबै पार्टीको अवस्था उही छ, हामी भन्दा पनि भडकिलो महाधिवेशन भर्खरै गरेको हे¥यौं, लाखका लाख मान्छे बोलाएर ठुलो पार्टी भन्दै पार्टी प्रचार गरेको देखियो नि !’
काँग्रेस अधिवेशन स्थल वरिपरिको बाटोघाटो तीन दिनदेखि ठप्प छ । नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुको घुईचोका कारण रामचोक, जनकचोक, भैरवचोक, राजदेवी मन्दिर लगायतका सडकहरु प्रायः ठप्प छ । प्रदेशभरिबाट आएका काँग्रेसका नेता कार्यकर्ताहरुले जनकपुरको होटेल, धर्मशाला, लाँज लगायतको आवास स्थलहरु भरिभराउँ छ । मत परिणाम आ–आफ्नो पक्षमा पार्न उम्मेदवारहरु सयौं मानिसहरु लिएर आफ्नो पक्षमा नारावाजी देखि हो–हल्ला समेत गराउँछन् ।
अहिलेको परिवेशमा शासन व्यवस्थाको आवरण नयाँ भएपनि चिन्तन, शैली र क्रियाकलाप पुरानै ढर्रामा अघि बढीरहेको नेपाली काँग्रेसका प्रदेशसभा सदस्य तथा सर्लाहीका महाधिवेशन प्रतिनिधि उपेन्द्र प्रसाद कुशवाहाको भनाई छ । उनले भने, ‘नविन सोच र चिन्तनमा आधारित भएर कुनै राजनीतिक दलको एजेण्डा आएन, जसको फलस्वरुप हामीले अहिलेपनि पुरानै शैलीको हिड्न बाध्य छौं ।’
(प्रदेश २ नेपाली काँग्रेसको गोपाल धर्मशाला रामचोक स्थित चुनावी प्रचार–प्रसारका लागि झुन्डाईएको सामग्री ः गोविन्द महतो)