नेपालवाणी / जनकपुरधाम
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एकताको राष्ट्रिय सम्मेलन जनकपुरधाममा गर्ने भएको छ । ऋषिराम कट्टेल नेतृत्वको नेकपाले नेपाल कम्युनिष्ट पार्टी स्थापनाको दिन १५ सेप्टेम्बरमा भर्चुअल माध्यमबाट सम्मेलनको उद्घाटन गरी प्रदेश स्तरीय ६ वटा समुह विभाजन गरी एकताको राष्ट्रिय सम्मेलन गर्ने भएको हो ।
पार्टीले राजनीतिक प्रतिवेदन, क्रान्तिको कार्यक्रम, नयाँजनवाद, विधान संशोधन, संगठनात्मक प्रतिवेदन, आर्थिक प्रतिवेदन माथि छलफल गरी सम्मेलनबाट दस्तावेजहरु पारित गरी पार्टीको नयाँ नेतृत्व निर्माण गर्ने नेकपाका ऋषिराम कट्टेलले जानकारी दिए । उनले बहुपदीय प्रणाली अनुसार नेतृत्व चयन गर्ने उद्देश्यले जनकपुरधाममा पुस १७ गतेदेखि पुस १९ गतेसम्म राष्ट्रिय सम्मेलन गर्न लागेको जानकारी नेकपाका संयोजक ऋषिराम कट्टेलले जानकारी दिए ।
गत असोज, कार्तिक र मंसिर महिनामा प्रदेश स्तरीय ६ वटा समुह बनाएर राजनीतिक प्रतिवेदन, क्रान्तिको कार्यक्रम नयाँ जनवाद, विधान संशोधन, संगठनात्मक प्रतिवेदन, आर्थिक प्रतिवेदनमाथी छलफल समापन भई सकेको बताए । राष्ट्रिय सम्मेलनको विषयमा संचारकर्मीहरुसंग कुरा गर्दै कट्टेलले एमसीसी देशका लागि घातक रहेकोले यो सम्झौता कार्यान्वयन नहुन दिनका लागि सबैले एक हुनुपर्नेमा जोड दिए । ‘चिनको बढ्दो शक्तिलाई निस्तेज गर्न र आफ्नो स्वार्थकै लागि नेपालमा अमेरिकाले मिलेनिमय च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन तर्फ अमेरिकी सरकार लागेको हो । चिनको बढ्दो सामरिक शक्तिलाई निस्तेज गर्ने उद्देश्यले अमेरिकाले एमसीसीको नाममा नेपाललाई रणनीतिक कृडास्थल बनाउन लागि परेको छ, जुन नेपालकै लागि घातक हो ।’
उनले सिंगो कम्युनिष्ठ आन्दोलनलाई र्सिजनवादको चपेटाबाट मुक्त गरी सबै क्रान्तिकारी कम्युनिष्ठहरुलाई एकताबद्ध गरी क्रान्तिको बाँकी कार्यभार पुरा गर्न बाँकी रहेको बताए । उनले भने, ‘देशको किसान आन्दोलनलाई केन्द्रविन्दुमा राखेर सबै क्रान्तिकारी कम्युनिष्ठ, वामपन्थी र लोकतान्त्रिक देशभक्तहरुलाई गोलबद्ध गरी देशको स्वधिनताको रक्षा, जनजिविकाको समस्या हल गर्ने नीति र योजनाका साथ यो सम्मेलन हुदैछ ।’


२०७८ पुष १५, बिहीबार १८:२५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु