नेपालवाणी / जनकपुरधाम
जातीय भेदभावको समस्याले नेपालको उत्पादनमा कूल १० प्रतिशत ह्रास आएको एक वक्ताहरुले वताएका छन् । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलितको सबैभन्दा ठुलो समस्या नागरिकता विहिनताको अवस्थालाई आयोगले गम्भीर रुपमा लिएको बताएका छन् । उनले दलितको समस्याको संवेदनशिलतालाई उठान गर्दै समस्या पहिचानको बाटोमा आयोग अघि बढेको जानकारी दिए । उनले भने, ‘नागरिकता विहिन दलितहरुलाई राष्ट्रिय परिचयपत्र तथा दलित परिचयपत्र दिन आयोग सकारात्मक छ ।’
प्रदेश २ का दलित विकास समितिका अध्यक्ष रामप्रवेश बैठाले नागरिकताबाट बञ्चित दलितलाई जनता आवास कार्यक्रमबाट समेत बञ्चित गरिएको दुःख व्यक्त गरे । उनले दलित विकास समितिको कार्यविधि नबेको गुनासो गर्दै दलितको आरक्षण आर्शिवादको बलको कोटामा पाउने गरेको बताए ।
वागमति प्रदेशका सेवा निवृत सचिव मान बहादुर विश्वकर्माले नेपालमा विभेदको कारण २५ प्रतिशत नोकसानी भएको बताएको हो । एनपीआईद्वारा जनकपुरधाममा आयोजित अन्तरक्रिया कार्यक्रममा विश्वकर्माले ५२ प्रतिशत बालबालिका जन्मदर्ताबाट बञ्चित भएको बताए । उनले दलित परिवारमा नागरिकता तथा जन्मदर्ता नभएकै कारण विद्यालय जाबाट बञ्चित रहेको जानकारी दिए ।
एनपीआईका निर्देशक सुरेन्द्र बोगटीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रादेशिक अध्यक्ष राजेश कर्ण, मानव अधिकार आयोगका अधिकृत मनमाया मगर, दलित अधिकारकर्मीहरुले आ–आफ्नो मन्तव्य राखेका थिए ।


२०७८ पुष १६, शुक्रबार १८:३७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु