गोविन्द महतो / जनकपुरधाम

डा. सिके (चन्द्रकान्त) राउत नेतृत्वको जनमत पार्टीले चलाएको किसान आन्दोलनको क्रममा प्रहरी र प्रदर्शनकारी बीच द्विपक्षीय झडप हुदा १३ जना घाईते भएको छ । झडपमा परेर पाँच आन्दोलनकारी र चार सशस्त्र प्रहरी र एक नेपाल प्रहरीका जवान गरी १३ घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेर आन्दोलन गरिरहेका सिके कार्यकर्तामाथि प्रहरीले बन्द सडक खुलाउन ११ राउण्ड रबरको गोली चलाएको हो ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा आन्दोलनकारीहरु राजमार्ग अवरुद्ध गरेपछि खुलाउने क्रममा प्रहरी र जनमत पार्टीका कार्यकर्ता बीच धनुषाका प्रहरी प्रवक्ता प्रहर्री नायव उपरिक्षक (डीएसपी) दीपेन्द्र बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार स्थितिलाई नियन्त्रणमा लिन ११ राउण्ड रबर बुलेट, १६ सेल अश्रुग्यास फायर गरिएको थियो । गोली चलेपछि आन्दोलनकारीहरु तितरवितर भएको छ ।

बन्द राजमार्ग खुलाउने क्रममा प्रदर्शनकारीको तर्फबाट ढुंंगामुढा गरेपछि थालेपछि जवाफमा प्रहरीको तर्फबाट अश्रुग्यास प्रहार भएको प्रहरीको बताए । घाईते भएका प्रदर्शनकारीहरुलाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पतालमा ल्याईएको छ ।

घाईते हुनेहरुमा जनमत युवा संघका नथुनी यादवक बिराजी, जनमत विद्यार्थी संघका जिल्ला अध्यक्ष विजय यादवलाई खुट्टामा गोली लागेको छ । युवा संघका धनुषा जिल्ला सचिव बैजनाथ यादव र निर्वाचन पर्यवेक्षक संजय साह र दलित संघका जिल्ला उपाध्यक्ष राम दयाल मुखियालाई गोली लागेको जिल्ला अध्यक्ष ओमविक्रम कुशवाहाले जानकारी दिए ।

घाईतेहरुको अवस्था बुझन आएका राउतले सञ्चारकर्मीहरुसंग कुरा गर्दै किसानको समस्या प्रति सरकार गम्भीर नभएसम्म आन्दोलन यथावत रहने बताए । ‘कृषि प्रधान देश छ, तर साच्चै कृषकले सहुलियत पाएको छ, किसानले मल, खाद, बीउँ बीजन पाएको छ ?’ राउतले भने, ‘प्रहरीले प्लास्टिकको गोलीसँगै अन्य गोली पनि प्रयोग गरेको देखिन्छ । प्रहरीको यस्तो क्रुर दमन बन्द नभए किसान आन्दोलन अझ नयाँ ढंगले अघि बढ्नेछ । प्रहरी प्रशासनलाई अनुरोध गरेरै आफ्ना नेता कार्यकर्ताहरु दुई घण्टा राजमार्गमा धर्ना बसेको अवस्थामा गोली बर्साउनु असहय हो ।’

काठमाडौंको अराजक आन्दोलनमा पानीले भिड नियन्त्रण गर्ने नेपाल प्रहरीले मधेशमा सामान्य आन्दोलनमा पनि गोली हान्नु मधेशसँगको नश्लीय विभेद रहेको प्रतिक्रिया दिए । राउतले प्रहरीले बन्दुकको बल र दम्भ देखाएको आरोप समेत लगाए । जनमत पार्टीले किसान आन्दोलनको नाममा राजयमार्ग अनिश्चितकालका लागि बन्दको घोषणा गरेको छ ।


२०७८ पुष १८, आईतवार १८:२७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु