काठमाडौं : संचार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकार नागरिकको जीवन रक्षा गर्न प्रतिवद्ध रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा एक पोस्ट गर्दै कार्कीले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि खोप अभियान तीब्र गतिमा अगाडि बढाएको बताएका हुन् ।

पछिल्ला केहि दिन यता कोरोना भाइरस संक्रमणको दर निकै बढेको जानकारी दिँदै सरकारका प्रवक्ता समेत रहेको कार्कीले संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्रहरु परिचालन गरिसकेको बताएका छन् ।

मन्त्री कार्कीले लेखेका छन्, ‘नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिवद्ध छ । खोप अभियान तीब्र गतिमा अगाडि बढेको छ ।’ उनले आमनागरिकलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेका छन् ।


२०७८ पुष २९, बिहीबार ११:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय