नेपालवाणी / जनकपुरधाम ।
सिके (चन्द्रकान्त) राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आठ सरकारी गाडीमा तोडफोड गरेको छ । मधेश प्रदेश सहित देशैभर जारी राष्ट्रियसभा सदस्यको निर्वाचनमा भाग लिन आएका आठ सरकारी गाडीमा तोडफोड गरेको छ ।
तोडफोडको क्रममा जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्य अशोक यादवको गाडीमा लाठी र बाँसको भाटाले हान्दा गाडीको सिसा फुटनुको साथै उनको हात भाँचिएको छ । यसैगरी सर्लाही जिल्लाका हरिवन नगरपालिकाको नगर प्रमुख गणेशप्रसाद साह र उपमेयर रेणुका पौडेल चढेको गाडीमा आक्रमण गर्दा दुवै जना घाईते घाइते भएका हुन् ।
जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सतिश साह चढेको गाडीमा सीके राउतका कार्यकर्ताहरुले आक्रमण गरेका छन् । जनकपुरको पिडारी चोकमा बर्दिबास गइरहेका डा. साह सवार गाडीमा तोडफोड गर्नुका साथै अन्धाधुन्ध भाटा प्रहार गरेपछि साह घाइते भएको हो । उनकको टाउको फुटेको छ भने मुखमा गहिरो चोट लागेर आठ वटा टाँका लगाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
विशेषत ः डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले राष्ट्रियसभा निर्वाचनमा मतदानका लागि आउने मतदाता चढेको सरकारी गाडीलाई टार्गेट गरेर आक्रमण गरेको थियो । राउतका कार्यकर्ताले प्रदेश २–०३–०१ झ ००२०, २–०१ झ ००१८, प्रदेश २–०१ झ–००८० नम्बर सहित अन्य आठ गाडीमा तोडफोड गरेका छ ।
उनीहरूको तोडफोडका क्रममा किसान आन्दोलन अन्तर्गत कार्यकर्ताहरुले ‘मल खाद्य देउँ’ भन्दै जनकपुरधामको ठाउँ ठाउँबाट प्रदर्शन गरेको कतिपय स्थानमा प्रहरीसँग झडप समेत भएको थियो । दुई पक्षका बीचमा झडप हुँदा राउतका आठ कार्यकर्ता तथा चार जना प्रहरी घाइते भएका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि दर्जनौँ सेल अश्रुग्याँस प्रहार गरेको थियो ।


२०७८ माघ १२, बुधबार १६:३२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु