
काठमाडौं : रौतहटको इशानाथ नगरपालिकामा केहि मुस्लिम महिलाहरुले सरस्वती पूजाको मुर्ति विसर्जन गर्ने दिन मुर्ति माथि चप्पल प्रहार गरेको उजुरी माथि मधेशी आयोगको गम्भीर ध्यानकर्षण भएको छ ।
सो घटनाको बारेमा विस्तृत बुझ्न आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले रौतहटका प्रमुख जिल्ला अधिकारी संग टेलिफोन सम्पर्क गरि जानकारी लिई सत्य तथ्य बुझी घटनामा संलग्न दोषीलाई तुरन्त कानुनी दायरामा ल्याउन समेत निर्देशन दिएका छन् ।
प्रमुख जिल्ला अधिकारीले घटनामा संलग्न केहि व्यक्ति लाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको जानकारी दिए ।
यस्ता घटनाहरुलाई दोहरिन नदिन हामी सबैको साझा कर्तव्य हो अध्यक्ष दतले बताए । यस्ता घटनाहरुले सामजिक र धार्मिक द्वन्द फैलिन्छ र समाजमा एक-अर्का बीच दुरी बढाउँछ, तसर्थ : यस्ता घटनाहरु प्रति सबै सचेत रहन र यस्ता घटना घटेमा प्रहरी-प्रशासन वा मधेशी आयोगको हेल्पलाइन ११५२ मा सम्पर्क गर्न समेत अध्यक्ष डा.दत्तले आग्रह गरे छन् ।