नेपालवाणी डटकम
जनकपुरधाम, फाल्गुन ।
काठमाडौको एक प्रतिष्ठित अनलाईन नेपाल प्रेसमा आएको निवर्तमान सभामुखको सरकारि गाडी समातिएको बिषय
अपवाह र हल्ला मात्रै भएको पाईएको छ । ”
सरकारी गाडीको नम्बर ‘निजी’ बनाइएको आरोपमा मधेशका पूर्वसभामुख मण्डलका ज्वाई पक्राउ” शिर्षकको समाचार पुर्णरुपमा भ्रामक र गलत सुचना भएको पाईएको छ ।
निवर्तमान सभामुख रामचन्द्र मण्डलका स्वकीय धिरेन्द्र मण्डलले बिना आधार र तथ्य बिना व्यक्तिगत चरित्र हत्या गर्न भ्रामक र गलत सुचनाको समाचार बनाईएको दावी गरे ।
उनले भने, ” हामी निर्वाध रुपमा आफ्नो काम गरिरहेका छौ । गाडी पक्राउ पर्यो र समातियो भन्ने बिषय झुठो र गलत हो । नेपाल प्रेसले काठमाडौबाट कसरी पुष्टि गर्यो समाचार थाहा भएन ।”
एता निवर्तमान सभामुख रामचन्द्र मण्डलका स्वकिय रमेश मण्डलले समाजिक संजाल फेसबुकमा लेखेका छन, “मेरो र म बिषयमा लेखिएको समाचार गलत र भ्रामक हो । तेसैले गलत सुचना र अफवाहको पछि नलागौ ।” मण्डल फेसबुक मार्फत लाईभमा आफू पक्राउको समाचार गलत भएको बताए ।
एता निवर्तमान सभामुख रामचन्द्र मण्डलले स्वयम् पनि कुनै गाडी वा कोहि पक्राउ परेको बारे अनभिज्ञता प्रकट गर्दै हार मानसिकताको उपजमा अपवाह फैलाउने प्रयास भै रहेको जानकारी दिए ।

