काठमाडौं : एक सातादेखि घट्दै आएको कोभिड-१९ सङ्क्रमितको सङ्ख्या आज भने केही बढेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, आज नौ हजार ४२४ जनाको स्वाब परीक्षण गर्दा ४७६ जनामा सङ्क्रमण पुष्टि भएको हो। सोमबार ३८८ जनामा सङ्क्रमण देखिएको थियो। योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या नौ लाख ७५ हजार ८०६ पुगेको छ।

त्यस्तै, कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ। सोमबार चार जनाको मृत्यु भएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या पनि ११ हजार ९२८ पुगेको छ।

पछिल्लो २४ घण्टामा ८३१ जना निको भएका छन्। अझै १० हजार ७४७ जना सक्रिय सङ्क्रमित छन्।

२०७८ फाल्गुन १०, मंगलवार १७:५८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय