अनिल कुमार साह / तिनकौरिया
धनुषामा एक युवक रक्सी आएको अवस्थामा मृत भेटिएका छन् । धनुषाको विदेह नगरपालिका वडा नं. ६ स्थित तिनकौरिया बजारमा रक्सी खाएर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका वडा नं. ७ नवटोलीका अन्दाजी ३० वर्षिय दिपा दास रहेको तिनकौरिया प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक आश नारायण गिरीले जानकारी दिए । रक्सी एक विहानै घरबाट निस्केका दास दिउँसो तिनकौरिया चोकमा लडेको अवस्थामा फेला परेको थियो ।
लडेका अवस्थामा देखा परेका दासलाई प्रहरी आएर सोधखोज गर्दै नजिकैको स्वास्थ्य केन्द्रमा पु¥याउँदा मृत घोषणा गरेको थियो ।

२०७८ चैत्र ७, सोमबार १७:५२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय