नेपालवाणी / जनकपुरधाम ।
मधेश प्रदेशको प्रदेशसभा बैठक चौथो पटक स्थगित भएको छ । बुधवार १ बजे बोलाइएको बैठक स्थगित गर्दै शुक्रवार २ बजे बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ । यस अघि फागुन २२ गते बोलाइएको बैठक चैत ९ गते दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको थियो । प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै विशेष कारणवस बैठक स्थगित भएको जनाएको छ ।
यसअघि फागुन १ गते, १० गते र २२ गते बोलाइएको बैठक स्थगित गरिएको थियो । फागुन १ गते जनयुद्ध दिवस मनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुरधाम आएका थिए भने १० गते बोलाइएको बैठकको समय सभामुख सरोज कुमार यादव सभामुखहरुको सम्मेलनमा पोखरा गएका थिए ।
फागुन २२ गते बोलाइएको बैठक नेपाली कांग्रेसको अधिवेशन चलिरहेको र गण्डकी प्रदेशका मुख्यमन्त्री लगायतका व्यक्तिहरु मधेश प्रदेशको भ्रमणको क्रममा रहेकाले स्थगित गरिएको थियो ।


२०७८ चैत्र ८, मंगलवार १६:४७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु