‘माओवादी जित्नै पर्छ । माआवादी हारे देश हार्छ, सहिदको सपना हार्छ, संघीय लोकतान्त्रिक गणतन्त्र हार्छ’

गोविन्द महतो,
जनकपुरधाम : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले अगामी स्थानीय तहको निर्वाचनमा पार्टीले युद्धको लडाई लडेर विजयी भए सरहको निर्वाचनको लडाई लड्न जरुरी रहेको बताए । योद्धा जस्तै चुनावको तयारीमा जुट्न प्रचण्डले जनकपुरधाममा आयोजित चुनाव लक्षित मधेश प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेताकार्यकर्तालाई निर्देशन दिए ।

‘अगामी निर्वाचन अन्य दलको लागि निर्वाचन हो । हामी माओवादी केन्द्रको लागि लडाइँ हो’ प्रचण्डले भने, ‘लडाइँकै हिसाबले तयारी गर्नुस् । गठबन्धन गरिदिन्छ र चुनाव जितौंला भन्ने मानसिकता बदल्नुस् । पुरै शक्ति लगाएर एक्लै कसरी चुनाव जित्ने तिर लाग्नुस्, युद्धको मैदानमा होमिएर विजयी प्राप्त गरेको सरह निर्वाचनमा होमिनुस् र विजयी प्राप्त गर्नुस् ।’ यति भनिरहदा फेरी एकलै चुनाव जित्ने तयारी गर्नलाई उनले गठबन्धन विरोधी हो भनेर नबुझ्न पनि आग्रह गरे ।

माओवादीलाई जसरी पनि सिद्ध्याउने रणनीति बनाएका छन’ प्रचण्डले भने ‘त्यसकारण प्राप्त उपलब्धिहरुको रक्षा गर्न माओवादी जित्नै पर्छ । माओवादी हारे देश हार्छ, सहिदको सपना हार्छ, संघीय लोकतान्त्रिक गणतन्त्र हार्छ’ प्रचण्डले भने ।

संघीयताको जननी र संरक्षक मधेशी जनता नै भएको प्रचण्डको भनाइ थियो । देशमा भएको ठूलठुला परिवर्तनमा मधेशी जनताको महत्वपूर्ण योगदान रहेको उनले बताए ।

माओवादी केन्द्रका बरिष्ट नेता नारायणकाजी श्रेष्ठ प्रकाशले पनि प्रशिक्षण मन्तव्य राखेका थिए ।

२०७८ चैत्र ८, मंगलवार १७:३५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय