नेवालवाणी / जनकपुरधाम :
धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादवले शिक्षकहरुको तलव खुवाउन लापरवाही गरेको भन्दै शिक्षा संयोजकलाई पदबाट हटाएको छ । देशकै कान्छो मेयर भनी निरन्तर चर्चामा रहँदै आएको धनुषा शहिदनगर नगरपालिकाका मेयर उदय बरबरियाले नगरभित्र रहेको समुदायिक विद्यालयका शिक्षकहरुको तलब भत्तामा झेल गरेको भन्दै नगर शिक्षा संयोजक धनेश्वर यादवलाई पदबाट हटाएका हुन् ।

मेयर बरबरियाले नगर शिक्षा सँयोजकको भूमिका र जिम्मेवारी ईमान्दारी पूर्वक निभाउन नसकेको भन्दै सयोजकको पदबाट यादवलाई आजको मितिबाटलागू हुनेगरी हटाएको जानकारी दिए । समुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको तलब भत्ता आशिंक रुपमा पठाएको भन्दै बालविकाशका शिक्षिकाहरु, कर्मचारीहरुले तलब भत्ताको माग गर्दै नगरपालिका अगाडी धर्ना दिएको थियो ।
बुधबार दिएको धर्नापछि मेयर बरबरियाले समस्या बुझदै शिक्षक शिक्षिकाहरुको तलब विहिबार नै उपलब्ध गराउने प्रतिवद्धता जाहेर गरेका थिए । तर, शिक्षा संयोजक यादवले कार्यालयको ल्यापटप समेत आफूसँगै लगेर सम्पर्क विहिन भएपछि मेयर बरबरिया तुरुन्त उनको पद खोसेका हुन् । सयोजकको जिम्मेवारी सम्हालेका धनेश्वर यादवको मोबाईलमा फोन नलाग्दा उनलाई १५ मिनेटको भित्रै एक पत्र लेखेर पदबाट हटाईएको जानकारी दिए ।

शिक्षा संयोजक यादवले विहिबार नै तलब भत्ता दिने सहमति गरेपनि उनी सम्पर्क भन्दा बाहिर गएपछि उनलाइ शुक्रबार दिउँसै मेयर बरबरियाले चिठ्ठी काटदै पदबाट हटाएको जनाएका छन् । शहिदनगर नगरपालिकामा शिक्षाको श्रोत व्यक्ति समेत रहेका धनेश्वर यादवलाई मेयर बरबरियाले कारवाही गर्दै उनलाई साबिककै ठाउँमा काज फिर्ता पठादिएका छन् ।

“नगरपालिकाको नगर शिक्षा समितिमा कार्यरत तपाई श्री धनेश्वर यादवलाई यस नगरपालिकाले दिएको कार्य जिम्मेवारी पूरा गर्न नसकेको तथा शिक्षा शाखा संचालनमा लापरवाही गर्ने गरेको हुनाले आजकै मितिदेखि लागू हुने गरी तपाईलाई दरबन्दी रहेकै विद्यालयमा काज फिर्ता गरिएको व्यहोरा जानकारी गराईन्छ ।”

शुक्रबार नगरपालिका कार्यालयको चलानी नम्बर १६११ अनुसार उनलाई काज फिर्ता गरिएको भन्दै पत्राचार गरेको हो । नगर प्रमुख उदय कुमार बरबरिया (यादव) र कार्यालय प्रमुख सत्रुध्न यादवको संयुक्त हस्ताक्षर गरिएको पत्रमा उनलाई शिक्षा समितिको संयोजकबाट जिम्मेवारी खोसिएको उल्लेख छ ।

धनेश्वर यादवको दरबन्दी धनुषाको लक्ष्मीनियाँ गाउँपालिकास्थित रहेको मावि कुम्हरौडामा रहेको छ । उनलाई पुनः सोही विद्यालयमा शिक्षकको रुपमा पठाइएको हो ।


२०७८ चैत्र ११, शुक्रबार १६:५४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु