नेपालवाणी / जनकपुरधाम ।

जनकपुरधाम उम–हानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका बलराम महतोले घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । नयाँ वर्षको सुरुवातसंगै घरदैलो प्रारम्भ गरेको हो । उनी सहितका उनका समर्थक जनकपुरधाम ७ स्थित जानकी नगर पुगेर घरदैलो गरेका हुन् ।

पेठिया बजार स्थित श्री रामजानकी युवा कमिटिको अगुवाईमा भएको कार्यक्रममा वडावासीहरुले उम्मेदवार महतोको भावना र समाजेसवाको उद्देश्य पवित्र रहेको भन्दै स्वागत गरेका थिए । पेठियाबजार स्थित श्री गणेश मन्दिरमा दर्शन र पुजापाठ सहित सुरु भएको घरदैलो स्थानिय समस्या वडामा हुने डुबानको समस्या समेत दर्शाएका थिए । जनताको समस्या सुन्दै महतोले आफुसंग विकास निर्माणका लागि बजेट ल्याउने र कार्यान्वयन गर्ने राम्रो अनुभव रहेकाले अवसर पाए जनकपुरधामको कायापलट गर्ने बताए ।

उनले भने, ‘मलाई कुनै किसिमको लोभ लालच छैन, ईश्वरले सवै दिएको छ । भ्रष्टाचार गरेर कमाउनेले आज जनकपुर कस्तो बनायो । सबैजनाले हरिरहनु भएको छ । मरेर के लानु छ र ? म चाहन्छु म मरे भने रुने र मलामी जाने हजारौ मान्छेहरुको भिड होस् त्यसैले केहि गर्न आएको हुँ ।’ उनले पहिलो दिन कुवाँ, रामपुर र कुर्थाका जनताले गरेको स्वागत र दर्शाएको सद्भावले आफु गद्गद् भएको सुनाए ।

बिरुवामा जल अर्पण समाजसेवी महतोले स्वयम निर्माण व्यवसायीको रुपमा जनकपुरधामको विकास आयोजना अन्तर्गत विकास निर्माणका क्रममा सडक छेउछाउ तथा बिचमा रोपिएको बोट बिरुवाहरुमा जुडशितलको अवसरमा जल अर्पण गर्न लगाएका छन् । ‘म जनकपुरधाममा सेवा गर्न आएको हुँ । मैले गरेका हरेक कामको संरक्षण हुन आवयश्क छ र मेरो धर्म पनि हो’ उम्मेदवार महतोले भने ।


२०७९ बैशाख २, शुक्रबार १८:५९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय