गोविन्द महतो / जनकपुरधाम ।

आसन्न वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका पाँच दल बीच तालमेलको निरन्तर सम्वाद जारी छ । महानगर र उपमहानगरको बाँडफाँडका लागि केन्द्रमा सत्ता गठबन्धनको बैठक केन्द्रित छ । तर प्रदेश तथा स्थानीय तहमा भने बाँकी स्थानीय तहहरुमा समेत कुरा नमिल्दा तालमेलको सम्भावना दिनदिनै क्षिण हुँदै गएको हो ।

तालमेल गर्ने उद्देश्यका साथ पटक–पटक मधेश प्रदेशमा गठबन्धनको बैठक बसेपनि बैठकबाट खासै प्रगति हुन सकेको छैन् । यसअघि नै पाँच दली गठबन्धनबाट अल्लिगिएर जनकपुरधाम उप–महानगरमा कांग्रेस एक्लै निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ । यद्यपि कांग्रेसी नेताहरुले गठबन्धनबाट बाहिरिएको नभएर पार्टी भित्र थप आन्तरिक छलफलका चलिरहेको मधेश प्रदेशका मन्त्री रामससारेज यादवले बताए ।

मधेश प्रदेशमा सत्तारुढ दलका नेताहरु तालमेल गर्नका लागि प्रयासरत रहेपनि पनि केन्द्रमा कुनै ठोस निर्णय नहुँदा तालमेल बारे ठोस निर्णयमा पुग्न कठिनाई भईरहेको नेताहरुको भनाई छ । गठबन्धनमा आवद्ध दलहरु मधेश प्रदेशमा केन्द्रको निर्णय कुरिरहेको छ । प्रदेशमा पनि गठबन्धनका दलबीच निरन्तर छलफल त भइरहेको छ तर चुनावी तालमेलका विषयमा निष्कर्षमा पुग्न कठिन भइरहेको एक नेताको भनाई छ ।

पछिल्लो स्थानीय तहमा जितेका पालिकाहरुमा दलहरुले आफ्नो दावी नछोडेपछि समेत तालमेलको विषय टुंगोमा पुग्न नसकेको हो । नेकपा एमाले र तत्कालिन राजपाले जितेको पालिकाहरुमा केन्द्रित भएर विशेष छलफल भएको माओवादी केन्द्र मधेश प्रदेशका अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिए । उनले भने, ‘गठबन्धनको बैठकमा आठवटै जिल्लामा एमाले र तत्कालिन राजपाले जितेको स्थानीय तहको विषयमा गहन छलफल भएको छ तर ठोस कुनै निर्णयमा पुग्न सकिएको छैन ।’


२०७९ बैशाख ७, बुधबार ११:२१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय