नेपालवाणी / जनकपुरधाम
धनुषाको शहिद नगर नगरपालिका नगर प्रमुख उदय कुमार बरबरिया यादवले सरकारी गाडी बुझाएका छन । विहिबार दिउँसो नगरपालिकाका कार्यालय प्रमुख (प्रमुख प्रशासकीय अधिकृत) रामकिशोर महतोलाई साँचो बुझाएका हुन् ।

आसन्न बैशाख ३० को स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरी निर्वाचन आचारसंहिता पालना गर्दै उनले गाडी बुझाएको हो । आफूले चढदै आएको गाडी निर्वाचनको मर्मलाई दृष्टिगत गरी साँचो बुझाएको मेयर बरबरियाले बताए । प्रदेश २–०२–००१ झ ०००१ नम्बरको सरकारी गाडी मेयर बरबरियाले प्रशासकीय अधिकृत महतोलाई बुझाएका हुन् । निर्वाचनको क्रमम चुनावी प्रचार प्रसारमा सरकारी सवारी दुरुपयोग नगर्न निर्वाचन आयोगले आचार संहिता जारी गरेपछि सवारी विधिवत रुपमा बुझाएका छन् ।

जनप्रतिनीधिको रुपमा जनसरोकार र नगपालिकाको कामकाजको लागि चढदै आएको सरकारी गाडी उनले विहिबार दिउसो अधिकृत महतोलाई बुझाएका छन् । यसअघि उनले कोभिड महामारीको बेला आफूले चढदै आएको स्कोरपियो सरकारी गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिएका थिए । मेयर बरबरियाले नगरपालिकाका जिन्सी शाखा प्रमुख सुदिप भट्टराई, लेखापाल लोक बहादुर नेपाली सहित नगरपालिकाका अन्य कर्मचारीहरुको रोहबरमा गाडी बुझाइदिएका छन् ।

यसैबीच धनुषा जिल्लाको हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले सरकारी गाडी बुझाएका छन् । बुधवार दिउँसो प्रमुख प्रशासकीय अधिकृत सुर्य प्रसाद दाहाललाई गाडीको साँचो बुझाएका हुन् ।


२०७९ बैशाख ८, बिहीबार १९:०४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय