sahid_nagarpalika_nepalvani_uday_barbariya

नेपालवाणी संवाददाता,

जनकपुरधाम : धनुषाको शहिदनगर नगरपालिकाको मेयरमा निवर्तमान मेयर उदय कुमार बरबरिया यादव र उपमेयरमा रेखा कुमारी मण्डलले मनोनयनपत्र दर्ता गराएको छ । नेकपा माओवादी केन्द्र नगर कमिटिको सिफारिसमा बरबरिया र मण्डललाई टिकट दिएर सोमवार मनोनयन पत्र दर्ता गराएका हुन् ।

देशभरी कान्छो मेयरको काम र नामबाट चर्चा कमाएर बरबरियाको नाम नेकपा माओवादीको नगर कमिटीबाट एकल सिफारिस गरिएको थियो । मनोनयनपत्र दर्ता गराउने क्रममा सञ्चारकर्मीको प्रश्नमा बरबरियाले बाँकी रहेको अधुरो कामहरुलाई टुङ्गयाउन र परिकल्पना गरिएको शहिदनगरको समग्र विकासका लागि उम्मेदवारी दिएको बताए ।

sahid_nagarpalika_nepalvani_uday_barbariya

उनले भने, ‘यो बिभिन्न कालखण्डमा देश परिवर्तनका लागि भएको शहिदहरुको भुमी हो, त्यही भएर लोकतान्त्रिक आन्दोलन, जनयुद्धकालिन आन्दोलन र अन्य आन्दोलनको मर्म अनुसार बिकासको फुटेको मुललाई थप सुदृढिकरणका लागि दोश्रो कार्याकालको लागि मनोनयन दर्ता गराएको हुँ ।’

निवर्तमान मेयर बरबरिया यसअघि २४ वर्षको उमेरमा पहिलो पटक मेयरमा निर्वाचित भएका थिए । उनी उमेरको हिसावले देशकै कान्छो मेयर भनेर समिति देशभरी परिचित छन् । साथै शहिदनगर नगरपालिकाका गरेको कामको आधारमा पुनः मेयर पदमा उनलाई दोहो¥याउन पार्टीको आग्रहरु अनुसार आज मनोनयन दर्ता गराएको माओवादी केन्द्रका प्रदेश सचिव श्रवण बरबरिया यादव ‘जीवन’ ले बताए ।

२०७९ बैशाख १२, सोमबार १७:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय