नेपालवाणी / जनकपुरधाम

नेकपा (एकीकृत समाजवादी) को तर्फबाट क्षीरेश्वरनाथ नगरपालिका नगर प्रमुखका उम्मेदवार शिव शंकर प्रसाद सिंहले नगरको समग्र विकासका लागि आफुलाई मतदान गर्न आग्रह गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक स्तरमा बृद्धि गर्नुका साथै गुणस्तरिय शिक्षाका लागि विशेष कार्यक्रम अभियानको रुपमा सन्चालन गर्न नेकपा एकिकृत समाजवादी पार्टीलाई मतदान गर्नुको विकल्प नभएको बताए ।

उनले उच्च शिक्षाका लागि कलेजको स्थापना गरी शिक्षामा आधुनिकीकरण गर्न, प्राविधिक शैक्षिक संस्थाको स्थापना गर्न, निशुल्क स्वास्थ्य सेवा सञ्चालन तथा थप स्वास्थ्य सेवा विस्तार गर्न आफ्नो उम्मेदवारी भएको दाबी गरे । उनले भने, ‘महिला सशक्तिकरण तथा स्वरोजगार उन्मुख शिपमुलक तालिमको व्यवस्था गर्न, हाटबजारलाई ब्यबस्थित गर्नुको साथै व्यवस्थित शहरको रूपमा विकास गर्नमैले उम्मेदवारी दिएको हुँ ।’

‘योग तथा व्यामशालाको स्थापना, प्राविधिक शिक्षालयको स्थापना, कृषि क्षेत्रको विकास, खेलाडीहरुका लागि प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनका लागि मैले उम्मेदवारी दर्ता गरेकी हुँ । यहाँ नगरपालिकाको अवस्था हरेपछि यहाँको जनताले जिताएको जनप्रतिनिधीले गरेको कामबाट असन्तुष्ट रहेको मैले सेवाको मौका लागि उम्मेदवारी दिएको हुँ । मलाई जनताको सेवक गर्ने मौका प्रदान गरियोस् भन्ने मेरो भनाई हो ।’

उम्मेदवार सिंहले दूधमती पोखरीलाई पर्यटकीय स्थलको साथै अन्य सार्वजनिक पोखरीको संरक्षण तथा सौन्दर्यकरणको लागि विशेष कार्यक्रम ल्याउन समेत आफुले पहल गर्ने बताएको छ ।


२०७९ बैशाख २२, बिहीबार १७:५४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय