नेपालवाणी / जनकपुरधाम ।

ठुल्ठूला हर्न र डिजे साउन्ड बक्स चारपांग्रे गाडीमा बाँधेर राजनीतिक दल र उम्मेदवारहरूको प्रचार–प्रसारमा थरीथरीका गीत बजाउँदै अहिले टोलटोल घुमाइरहेको छ । निकै चर्को स्वरमा बज्ने यस्ता चुनावी प्रचार गीतहरुले सर्वसाधारणलाई आकर्षित गर्नुभन्दा पनि ध्वनि प्रदूषण र दिक्क लगाउने काम मात्रै गरेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । ‘जनतालाई दिक्क लगाउने र अनावश्यक हो हल्ला गरी मत माग्नेहरुले मत पाउनु भन्दा पनि गाली पाउँछन्,’ निर्वाचन आचारसंहिता र सञ्चारकर्मीको भूमिका विषयका कार्यक्रममा आचार संहिता उल्लघनको क्रियाकलापहरु रोक्न न त प्रशासनले केही गरेको छ, न निर्वाचन आयोगले नै गरेकोमा दुःख व्यक्त गरेका हुन् ।’ मधेश प्रदेशका जिल्लासम्म निर्वाचन आचार सहिताको व्यापक मात्रामा उल्लङ्घन गर्ने काम भइरहेकोले यसको नियन्त्रणमा सरोकारवाला निकायको ध्यान जानुपर्ने आवश्यकतामा जोड दिनुपर्नेमा उपस्थित पत्रकार तथा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

संवाद समूह मधेश प्रदेशको आयोजनामा जनकपुरधाममा सम्पन्न भएको ‘निर्वाचन आचारसंहिता र सञ्चारकर्मीको भूमिका’ विषयक संवाद कार्यक्रममा जिल्ला – जिल्लाम निर्वाचन आचार सहितको उल्लङ्घन अत्यधिक मात्रामा भइरहेको बताए । सहभागीहरूले गाउँ वस्तिमा प्रचार सामाग्रीहरू जता ततै सार्वजनिक स्थलहरूमा टाँस्ने तथा झुण्ड्याउने काम गरेका गाउँ वस्तिहरू फोहर बनिरहेका भन्दै यसमा रोक लगाउन आवश्यक भएको बताए ।

पत्रकार नित्यानन्द मण्डलको संयोजन तथा सहजीकरणमा भएको अनतरक्रियामा सहभागी वक्तारुरूले डिजे तथा हर्नको प्रयोग अत्यधिक मात्रामा भएकाले सर्वसाधारणमा मानसिक तनावको अवस्था आएकाले हर्नको प्रयोगमा नियन्त्रण गरेर निर्वाचन आचार सहिताको पालन गर्न लगाउन आवश्यक भएको बताए ।

मधेश प्रदेशका मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईले पत्रकाररुरू पनि आफै निर्वाचन आचार सहिताको पालना गरेर अरूलाई पालना गर्नका लागि दबाब दिन जरुरी रहेको बताउनु भयो । उहाँले सामाजिक सञ्जालमा मिडिया काउन्सिलका सदस्य वन्दना झाले गरेको पोष्टको विषयमा काउन्सिलको बैठक बसेर कारबाही गर्ने बताए । उनले भने, ‘पहिले अपन अनुशासन तथा अरुमाथि शासनको कुरा गर्दा सुहाउँछ त्यसैले पहिले आफुले आचार संहित उल्लघन नगर्नुस र पछि अरुलाई पनि आचार संहित उल्लघन नगर्न सचेत गराउनुहोस्’

आम सञ्चार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले आचार सहितको उल्लङ्घनको घटना अत्यधिक मात्रामा भइरहेकोमा चिन्ता व्यक्त गर्दै डी जे आतङ्क रोक्नका लागि स्थानीय प्रशासनसँग आग्रह गरे । उनले भने, ‘आचार संहितलाई स्वमुल्याङकन गर्नुपर्ने छ ।’ नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष मनिका झाले धनुषाबाट ६ जना पत्रकारले महासङ्घका सदस्य सदस्यता त्याग नगरेर उम्मेदवार बनेकाले उनीहरुको सदस्यता चाडै खारेजीको सिफारिस गर्न लागेको बताए ।

नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कर्णले निर्वाचन आचार सहितको उल्लङ्घन पत्रकारहरूबाट पनि भइरहेकोमा चिन्ता व्यक्त गर्दै पत्रकार माथि कारबाही गर्न आवश्यक भएको बताए । उनले भने, ‘निर्वाचन आचार संहितको उल्लघन गर्ने र पार्टीगत प्रचार प्रसारमा लागेका पत्रकारलाई खारेजीको लागि सिफारिस पठाउन जिल्ला शाखालाई अनुरोध गर्दछु ।’


२०७९ बैशाख २३, शुक्रबार ११:२०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय