गोविन्द महतो / जनकपुरधाम

आसन्न स्थानीय तहको निवाचनका लागि जनकपुरधाम १४ कवर्ड हाँलमा नमूना मतदान गरिएको छ । समग्र विकास सेवा केन्द्रको आयोजनामा कवर्ड हल स्थित खुल्ला मैदानमा भएको नमूना मतदानमा मतदानको सबै प्रक्रिया पुरा गरेर नमूना मतदान गराईएको थियो ।

मतदातमा महिला पुरुष गरी १०० जना सहभागी भए । सही तरिकाले मतदान होस् भन्ने सन्देश प्रवाहका लागि नमूना मतदान गराइएको नमूना मतदान अधिकृत सञ्जना कुमारी राउतले बताईन् । ‘मतदान सही होस्, कम भन्दा कम मत बदर हुन् र निर्वाचन आइसकेको सन्देश प्रवाहका लागि नमूना मतदान गराइएको हो,’ राउतले भनिन, ‘यसबाट एउटा म्यासेज जाने अपेक्षा छ ।’

मतदानमा सहभागी केही मतदानको सम्पूर्ण प्रक्रियामा अलमलिएका थिए । उनीहरुलाई कर्मचारीले सहजीकरण गरी मतपत्र लिने, मतदान गर्ने, मतपत्र पट्याउने देखि बाकसमा खसाउने र बाहिर निस्कने सम्मको प्रक्रियाका बारेमा मतदानमा सहभागीलाई सिकाइएको थियो ।

मतदानमा नगर प्रमुखमा दुई, उपप्रमुखमा दुई, खुला सदस्यमा दुई र दलित महिला सदस्यमा तीन मत र बदर भएको मतदान अधिकृतको भूमिका निर्वाह गरेएका राउतले जानकारी दिईन् । नमूना मतदान गरेका शिक्षक विन्देश्वर यादवले नगर क्षेत्रमै मत बदर हुनु दुःखद् रहेको बताए ।

‘मतदानका दिन के–के गर्नुपर्छ, मतदाताले कसरी मत हाल्नुपर्छ भन्ने जानकारी दिने उद्देश्य सहित नमूना मतदान कार्यक्रम गरिएको हो, समग्र विकास सेवा केन्द्रका संयोजक बीरेन्द्र रविदासले भने, ‘यसले मतदाता शिक्षालाई प्रभावकारी बनाउने विश्वास लिएका छौँ । मत बदर कम गराउन सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए । स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन मतदातालाई निर्भिकतापूर्वक मतदान स्थलसम्म पुग्ने वातावरण निर्माणका लागि सरोकारवाला प्रयत्न रहनुपर्नेम जोड दिए ।

मतदानका दिन गरिने सबै प्रक्रियाका बारेमा सर्वसाधारणलाई जानकारी दिन नमूना मतदान गरिएको जानकारी दिन मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरिएकाले राजनीतिक दल र उम्मेदवारले घरदैलो अभियानका क्रममै मतदातालाई मत हाल्ने तरिकाबारे सिकाउन आवश्यक रहेको बताए ।
जिल्लाका १८ स्थानीय तहमा निर्वाचन हुँदैछ ।

२०७९ बैशाख २४, शनिबार १९:१९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय