नेपालवाणी / जनकपुरधाम

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतन्त्र, संघीयतालाई प्रतिगमण र प्रतिक्रान्तिको तानाशाही प्रवृतिबाट रोक्न गठबन्धन आवश्यक रहेको बताए । उनले तानाशाही प्रवृतिलाई जनताको तागतबाट परारस्त गर्न संकल्प गरेर ठुलो मेहनत र संघर्षपछि अहिले गठबन्धनको सरकार बनेको बताए । उनले भने, ‘प्रतिगामीलाई विजयी हुन नदिने संकल्पका साथ लोकतन्त्रको सुदृढिकरणका लागि स्थानीय निर्वाचन मात्र हैन, संघ र प्रदेशको निर्वाचनमा समेत गठबन्धनको संस्कृतिलाई अघि लगिन्छ । अझ हामीले त गठबन्धनलाई १०–१५ वर्षसम्मै संगसंगै लग्ने भनसकेको छौं ।’

विचार र राजनीतिको आधारमा गठबन्धनले राजनीतिक समस्यालाई साझा समस्या सम्बोधन गर्न अहिलेको आवश्यकता छ । उनले भने, ‘मधेशको भुमी ठुलो संघर्षको साझा भुमी हो । संघीय लोकतन्त्र र गणतन्त्रका लागि सधै अगाडी रहने भुमी हो । तर यहाँका नागरिकले नागरिकताबाट बञ्चित हुनुपरेको विषय समाधान खोजिनेछ ।’

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले एमालेकै कारण नागरिकताको समस्या संबोधन हुन नसकेको दाबी गरे । धनुषाको जनकपुरधाममा आयोजित संयुक्त चुनावी सभामा बोल्दै प्रचण्डले मधेसी जनताको चाहनाअनुसार संविधान संशोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले नदिएको बताए । उनले भने, ‘संसद्‍ गैर संवैधानिक ढंगले केपी ओलीले भंग गरे । नागरिकताको समस्याको हल नहुनुमा एमाले प्रमुख कारक तत्व हो । एमालेले निरंकुशवादी तानाशाही चरित्र देखाएको छ । नारावाजी गरिरहे पनि नागरिकताको समस्या सम्बोधन गरिनेछ ।’

नेकपा एमालेको अवरोधको बाबजुद नागरिकको समस्या समाधान हुने बताएका छन् । प्रचण्डले एमालेका सांसदले संसद चल्न नदिएका कारणले नागरिकताको समस्या समाधान हुन नसकेको बताएका हुन् । उनले भने, ‘एमाले गुटले नै संसद चल्न दिएको छैन् । संसदमा बहस हुन दिएको छैन् । यो नागरिकताको समस्या ढिलो भइरहेको छ । हामीले सदन खुलेपछि एमालेले माने पनि नमानेपनि नागरिकताको समस्या समाधान गर्छौ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले मधेशी जनताको अधिकारका निम्ति अन्तिमसम्म पनि संघर्ष गरिरहने बताए ।

२०७९ बैशाख २४, शनिबार १९:२२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय