नेपालवाणी / गौशाला ।

जनसमुदायको विशाल हिस्सालाई आर्थिक, सामाजिक विकासको साझेदार प्रतिफलको साझेदार बनाउने लक्ष्यका साथ स्थानीय तहको निर्वाचनमा पहिलो पटक परिचालित भएको गौशाला नगरपालिका उप–मेयरकी उम्मेदवार रेणु महतोले बताएकी छिन् । उनले स्थानीय तहको अधिकतम् परिचालन र गाउँ–गाउँमा सिंहदरबारको नारालाई व्यवहारिक रुपमा कार्यान्वयन गराउने लक्ष्यका साथ चुनावी मैदानमा होमिएको बताएकी हुन् ।

जनताको घर–आँगनको सरकार स्थानीय तह बलियो, सक्षम र जनमैत्री हुनुपर्ने विषयलाई महत्वका साथ उठान गरेका छौं । रणुले भनिन, ‘विशेषगरी विभिन्न आन्दोलनहरुको उपलब्धिलाई रक्षा र सामाजिक न्याय सहित आर्थिक–सामाजिक रुपान्तरण र समृद्धिको नारालाई महत्व दिएका छौं । सामाजिक न्याय सहितको आर्थिक विकास र परम्परागत मोडेलप्रति उदासिन र बजारका एक अधिकारबाट निराशा र निमुखाहरुलाई विकास मोडेलबाट नै समृद्धि सम्भव छ भन्नेमा जनतामा दिलाउन र घर–घरमा सरकारकोे प्रत्याभुत गराउनु छ ।’

रेणुले आधारभूत स्वास्थ्य सेवा र विद्यालय शिक्षा निःशुल्क प्रदान, खाद्य सुरक्षा, आवास, रोजगारी, स्वच्छ वातावरण, जातीय, क्षेत्रीय एवं लैङ्गिक समानता लगायत मौलिक हकको कार्यान्वयन गराउने विषयलाई प्रमुख रुपमा उठाएका छौं । उम्मेदवार रेणुले भनिन, ‘प्रतिगमनकारी शक्तिलाई पराजय, राष्ट्रिय स्वाधीनताको सुदृढीकरण र सामाजिक न्याय सहितको आर्थिक विकासका लागि आफ्नोे नेतृत्व अपरिहार्य छ । त्यसका लागि ‘समाजवादोन्मुख समृद्धि ः आर्थिक विकास र सामाजिक न्यायमा अभिवृद्धि’ लाई मुल मन्त्रको रुपमा दिएर निर्वाचनमा होमिएकी हुँ।’

सार्वजनिक, सामुदायिक ९सहकारी० र निजी क्षेत्रको पहलकदमी र सहकार्यमा आधारित आर्थिक विकासको ढाँचामा यहाँका जनताको घलदैलोमा सेवा पु¥याउने प्रतिबद्धता समेत जाहेर गरिन् । उनले भनिन, ‘नागरिकका आधारभूत आवश्यकता परिपूर्ति र गरिबी निवारण, वस्तु तथा सेवाको सहज आपूर्ति, उत्पादनमुखी अर्थ व्यवस्थाको निर्माण, रोजगारीका अवसर सिर्जना, वातावरण मैत्री विकास पूर्वाधार, आर्थिक सामाजिक तथा वातावरणीय विकासको सन्तुलन आदि विकासका नीति र मेरो प्राथमिकता छ ।’


२०७९ बैशाख २७, मंगलवार १०:२०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय