
नेपालवाणी / गौशाला
गौशाला नगरपालिकाकी जनता समाजवादी पार्टीबाट उपमेयरका उम्मेदवार रेणु महतोले नगरपालिकाको विकासका लागि समूह, सहकारी, परिवार मार्फत आम जनतालाई आर्थिक विकासको साझेदार बनाउने बताएकी छिन् । उनले यथोचित प्रतिफलको सुनिश्चितता गर्दै समृद्ध र समानतामूलक समाज निर्माणको अवधारणालाई पूर्ण रुप दिने बताएकी हुन् ।
उनले भौतिक विकासलाई आर्थिक विकासको आधारसँग जोड्ने गरी विकास–समृद्धि र सामाजिक न्यायको केन्द्रमा बहुसंख्यक जनताको हित र प्रगति अन्तरनिहीत रहने विषयलाई आत्मसात गर्ने बताए । उनले भनिन, ‘एक पालिका, एक विशेष उत्पादन, एक वडा एक विशेष पहिचान’को नारासाथ निर्वाचनमा केन्द्रित भएका छौं । शिक्षा, स्वास्थ्य, उद्यमशीलता, रोजगार तथा मानव संशाधन विकास, पूर्वाधार, पर्यटन, खेलकुद, सहरी स्वच्छता, नगरको सुशासनलाई प्राथमिकतामा राखिएको छ । सुशासन, शिक्षा, स्वास्थ्य, सडक, सिचाई सहितको अवधारणालाई लिएर अघि बढ्ने प्रयत्न प्रतिबद्धता गदछौंं ।’
महतोले आफु जनताको सेवन भएर काम गर्ने बताउँदै जनताको सेवक बन्ने बाचा गरेर निर्वाचनमा विजयी भएका जनप्रतिनिधिहरु शासक बन्न खोजेको बताउँदै शासक भन्दा पनि जनताको सेवक बन्नु अपरिहार्य रहेको बताए । उनले भनिन, ‘न्यायमा कसैलाई काखा कसैलाई पाखा हुदैन, यहाँ हारजित भन्दा पनि समान न्यायको न्यायोचित व्यवस्था गर्नेछु । न्याय मरेको पालिका भनेर जनगुनासो कहिल्यै सुन्न नपरोस् हुने गरी काम गर्ने अठोट बाचा र विश्वास दिलाउन चाहन्छु ।’