
महोत्तरी : तराईका केही जिल्ला आज चुनावको दिन भारी वर्षा परेको छ ।
जलवायुविद्हरुले स्थानीय तहको निर्वाचनका दिन मुलुकभर वर्षा हुने प्रक्षेपण गर्दै आवश्यक पूर्व तयारी गर्न सम्बन्धित सबैलाई सचेत गराएका थिए ।
निर्वाचनको दिनमा पानी पर्ने सम्भावनालाई मध्येनजर गर्दै मतपत्र, मतपेटिकालगायतको सुरक्षामा ध्यान दिएका छन् ।
आज भइरहेको स्थानीय तह निर्वाचनमा वर्षा पछि महोत्तरीको बर्दिबास नगरपालिका–९ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनगर मतदान केन्द्रमा लाइनमा उभिएर मतदानको लागि आफ्नो पालो कुर्दै । तस्वीर : सुरेन्द्र सिंह/नेपालवाणी