महोत्तरी : महोत्तरीका एक मतदान केन्द्रका निर्वाचन अधिकृतले ३ दिनको नियुक्तिमा १ दिनको भत्ता मात्र दिएको पाइएको छ ।

बर्दिबास नगरपालिका-९ पशुपतिनगर स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रका अधिकृत दिनेश पाण्डेले ३ दिनको नियुक्तिमा १ दिनको भत्ता मात्र दिएको छ ।

उक्त मतदान केन्द्रमा मसि लगाउन खटिएकी अमिरकला सिंहलाई ३ दिनको नियुक्तिमा मात्र १ दिनको भत्ता दिएको छ ।

त्यस्तैगरी उक्तकेन्द्र मै खटिएका अन्य ३ जनालाई समेत १ दिनको भत्ता दिएको पाइएको छ ।

अमिरकला सिंहसहित खटिएका अन्य ३ जनालाई ३ दिनको नियुक्ति दिएको थियो ।

२०७९ बैशाख ३०, शुक्रबार २१:०४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय