
नेपालवाणी / जनकपुरधाम
धनौजी गाउँपालिकामा खसेको मत भन्दा बढी मतपत्र भेटिएपछि मतगणना स्थगित भएको छ ।
धनुषाको धनौजी गाउँपालिका स्थित वडा नं. १ को मतगणनाको क्रममा बढी मतपत्र भेटिएपछि स्थानियहरुको बिरोधमा मतगणना स्थगित गरिएको हो ।
धनौजीको वडा नं. १ लखौरीमा कूल खसेको मत संख्यामा १६८९ थियो तर बाकसबाट १७०५ मतपत्र भेटिएपछि विवाद भई मतगणना स्थगन गरिएको हो ।
स्थानीयबासीले मतपेटिका परिवर्तन गरेको भन्दै विरोध गरिरहेको छ । मतगणना स्थलमा अहिले तनावग्रस्त अवस्था रहेको छ भने मतदान अधिकृत बिरुद्ध नाराजावी र प्रदर्शन भैरहेको छ ।
हेर्नुहोस् भिडीयो!