नेपालवाणी / जनकपुरधाम

धनुषाको धनौजीमा सम्पन्न भएको तीनवटा वडामा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । धनौजी–५,४ र ३ मा भएको मतगणना अनुसार तीनै वडामा कांग्रेसको प्यानल निर्वाचित भएको हो ।

वडा नं. ५ मा कांग्रेसका याकुव कवारी ८२१ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्दी जसपाका कमल नारायण पंकजले ५७६, नेकपा एमालेका हाकिम मोमिमले ३५० मत ल्याएका हुन् । यस्तै सदस्यमा विष्णुदेव मण्डल ८२२, रविन्द्र राउत ७७८, प्रमिला देवी ८०४, अनिता महरा ७९९ मत ल्याएर विजयी भएकी हुन् ।

वडा नं. ४ मा कांग्रेसकै रामशोभित मण्डल ४२४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी लोसपाका संतोष कुमार मण्डल ३३३ र स्वतन्त्र उम्मेदवार कलीम साफीले ३३० मत ल्याएका हुन् ।

सदस्यहरुमा रामअशिष यादव ४२३, मोहन साह ४०४, अमना खातुन ४१७ र मञ्जु देवी ४०९ मत ल्याएर विजयी भएकी हुन् ।
वडा नं. ३ मा कांग्रेसकै रामनारायण यादव ७०२ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्दी एमालेका रामदुलार मण्डल ५७९, नेकपा एसका रामदेव मुखिया विन ३८० मत ल्याएका हुन् ।

सदस्यहरुमा दिनेश मुखिया विन ६६५, रोहित कुमार मुखिया ६३८, रेखा कुमारी पण्डित ६८१ र मिना देवीले ६८१ मत ल्याएकी छन् । यस्तै वडा नं. २ को मतपेटिका गणना गर्न थालेपछि खसेको भन्दा बढी मत फेला परेपछि अहिले मतगणना स्थगित भएको छ ।


२०७९ जेष्ठ २, सोमबार १४:५९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय