नेपालवाणी / जनकपुरधाम

धनुषाको जनकनन्दिनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका दिपिन देव निर्वाचित भएका हुन् ।

यादवले ३ हजार १५७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सुदेश कुमार चौधरीले २ हजार ७७८ मत ल्याएका हुन् ।

यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी कमला सहगल निर्वाचित भएकी हुन् । उनले २ हजार ९९८ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत ठूलोबाबु दाहालले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्दी जसपाकी गिता सुडीले २ हजार ८४० मत ल्याए ।

यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष सहित केही वडामा नेपाली काँग्रेसले विजयी हासिल गरेका थिए ।


२०७९ जेष्ठ ३, मंगलवार ०८:४३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय