नेपालवाणी / जनकपुरधाम

धनुषाको धनौजी गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष र उपाध्यक्ष सहित ४ वडा अध्यक्ष विजयी भएका छन् ।

नेपाली काँग्रेसको तर्फबाट अध्यक्षमा राजकुमार साहले २ हजार २६२ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जीवेन्द्र झाले २ हजार १६३ मत ल्याएर पराजय भोग्नुपरेको निर्वाचन अधिकृत पोषराज खनालले जानकारी दिए ।

यस्तै उपाध्यक्षमा कांग्रेसकै रामबति देवी मण्डल निर्वाचित भएकी छिन् ।

उनले २ हजार ४३० मत ल्याएकी हुन् भने उनको निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीकी रंजिता देवी मण्डलले १ हजार ९०१ मत ल्याएकी हुन् ।

यस्तै वडा नं. १ बाहेक ४ वटा वडामा कांग्रेसकै वडाध्यक्ष निर्वाचित भएका छन् ।

वडा नं. १ मा लोकतान्त्रिक समाजवादी पार्टीको प्यानल विजयी भएको हो ।

यसअघि २०७४ सालको निर्वाचनमा समेत नेपाली काँग्रेसकै बद्रिसिंह निर्वाचित भएका थिए ।


२०७९ जेष्ठ ३, मंगलवार ०८:५६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय