नेपालवाणी / जनकपुरधाम ।

धनुषाको लक्ष्मिनीयाँ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

लक्ष्मिनियाँको ७ वडा मध्ये पाँच वडामा एमाले विजयी भएको छ ।

गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार भोगेन्द्र झा निर्वाचित भएका हुन् ।

उनले ३ हजार ७६५ मत ल्याएर विजयी भएका हुन् भने उनको निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका सत्रुधन यादव ३ हजार ४९७ मत ल्याए ।

यस्तै उपाध्यक्षमा कांग्रेसकै फुलकुमारी यादवनी विजयी भएकी हुन् ।

उनले ३ हजार ६२८ मत ल्याएकी हुन् भने उनका निकटतम प्रतिद्वन्दी जसपाकी विमला कुमारी यादवले ३ हजार ४६० मत ल्याए ।

यस्तै ७ वटा वडामध्ये ५ वटा वडामा नेकपा एमालेका वडाध्यक्ष विजयी भएका हुन् ।


२०७९ जेष्ठ ३, मंगलवार १४:०८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय