
नेपालवाणी / जनकपुरधाम
धनुषाको धनुषाधाम नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
मेयरमा मेयर बालेश्वर मण्डल निर्वाचित भएका हुन् ।
उनले ४ हजार ७ सय १८ मत ल्याएका हुन् भने उनको निकटतम प्रतिद्वन्दी नेकपा एमालेका योग कुमार यादवले ४ हजार १ सय ७९ मत ल्याए ।
यस्तै उपमेयरमा कांग्रेसकै विद्या देवी भुजेल निर्वाचित भएकी छन् ।
उनले ४ हजार १२५ मत ल्याइन् भने उनको निकटतम प्रतिद्वन्दी एमालेकी शान्ति देवी सुडीन ३ हजार ६०३ मत ल्याइन् ।
यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा समेत नेपाली काँग्रेसबाट बालेश्वर मण्डल विजयी भएका थिए ।