नेपालवाणी / जनकपुरधाम

धनुषाको नगराईन नगरपालिकामा नेपाली काँग्रेसका मेयर र नेकपा एमालेका उपमेयर निर्वाचित भएकी छिन् । नेपाली कांग्रेसका पूर्वसभापति विमलेन्द्र निधिको गृहपालिका नगराईन नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार मेयर र एमालेका उम्मेदवार उपमेयरमा विजयी भएका छन् ।

शुक्रबार बिहान सम्पन्न मतगणनाको परिणामअनुसार नगरपालिकाको मेयर कांग्रेसका विनय कुमार यादव निर्वाचिन भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबाबु पजियारलाई ४२ मतको झिनो मतान्तरले पराजित गर्दै यादव मेयरमा निर्वाचित भएका छन् ।

यादवले ५ हजार ५५६ मत पाएका छन् भने पजियारले ५ हजार ५१४ मत ल्याएका छन् । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का राजेश चौधरी २ हजार ७५८ मत ल्याएर तेश्रो स्थानमा सिमित भएका छन् ।

नगरपालिकाको उपमेयरमा नेकपा एमालेकी राधादेवी यादव निर्वाचित भएकी छन् । आफ्नो निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रञ्जुकुमारी साहलाई पराजित गर्दै उनी उपमेयरमा निर्वाचित भएकी हुन् ।

राधादेवीले ५ हजार ७३० मत पाउँदा रञ्जुले ५ हजार ५२३ मत प्राप्त गरेकी छन् । यसअघि २०७४ को स्थानीय निर्वाचनमा पनि काँग्रेसको मेयर उपमेयर निर्वाचित भएको थियो ।


२०७९ जेष्ठ ६, शुक्रबार १३:१०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय