नेपालवाणी / जनकपुरधाम

संघीय सांसद गिरिराजमणि पोखरेल र मधेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहको क्षेत्रमा जनता समाजवादी पार्टी नेपालले शान्दार जित हासिल गरेको छ ।

यी दुवैको क्षेत्र महोत्तरीको गौशाला नगरपालिकामा जनता समाजवादी पार्टीका डा. दिपेन्द्र महतो ८ हजार ७ सय ९९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार बिष्णु बहादुर योञ्जन ५ हजार ६ सय २७ मत पाएका छन् । यस्तै नेपाली कांग्रेसका उम्मेदवार बसन्त गुरुङ ५ हजार १ सय ३२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपमेयर पदमा जनता समाजवादी पार्टीकै रेणुकुमारी महतोले ८ हजार ४ सय ५५ मत ल्याएर निर्वाचित भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी जनक दुलारी साहले ५ हजार ४ सय ९० मत प्राप्त गरेकी छन् । साह मधेश प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहको भाई बुहारी हुन् ।

नेपाली कांग्रेसबाट उपमेयरको उम्मेदवार बनेकी सुसिला देवीले ५ हजार ४७ मत पाएको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ ।

२०७९ जेष्ठ ७, शनिबार १३:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय