janakpur-weather-duban-barsha-rain-nepalvani-surendra-singh

काठमाडौं: मंगलबार बिहान गण्डकी, बागमती, मधेश र प्रदेश १ का थोरै स्थानमा वर्षा भइरहेको छ।

दिउँसो प्रदेश नम्बर १ का धेरै क्षेत्रमा वर्षा हुने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ। प्रदेश १ र मधेसका एक–दुई स्थानमा भारी वर्षाको प्रक्षेपण पनि गरिएको छ।

त्यस्तै,, मधेस, बागमती र गण्डकीका केही र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

बुधबार प्रदेश १, मधेश, बागमती र गण्डकीका केही र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा वर्षाको सम्भावना छ।

बिहीबार प्रदेश १, मधेश, बागमती र गण्डकीका केही र बाँकी प्रदेशका पहाडी भूभागमा वर्षाको आँकलन गरिएको छ।

प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी वायुको प्रभाव छ। अन्य प्रदेशमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। file photo

२०७९ जेष्ठ ३१, मंगलवार ०७:२२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय