काठमाडौं: निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य यथाशीघ्र सुरु गर्न संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई निर्देशन दिएको छ ।

आज (सोमबार) बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गठन गरेको उपसमितिले तयार पारेको प्रतिवेदन पारित गर्दै कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय गरेको हो ।

यसअघि समितिले नागरिक उड्डयनसँग सम्बन्धित समस्याहरुको अनुगमन र विश्लेषण गर्न उपसमितिको गठन गरेको थियो । उपसमितिले उक्त गुरुयोजनालाई अन्तिम रुप दिई निर्माण कार्य शुरु गर्नुपर्ने आशयको प्रतिवेदन तयार पारेको थियो ।

उपसमितिले ‘विमानस्थल निर्माणसम्बन्धी दीर्घकालीन गुरुयोजनालाई अन्तिम रुप दिई यथाशीघ्र अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सुरु गर्ने’ भनिएको छ।

साथै सो उपसमितिले विमानस्थल निर्माण स्थल नजिकैका बस्तीको स्थानान्तरणसम्बन्धी कार्य र प्रक्रिया शीघ्र बनाउन र घरसारको लागि छुटपूर्जीका लागि समेत आवश्यक व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।

निजगढ विमानस्थलबारे सर्वोच्च अदालतले काम अघि नबढाउन फैसला गरेको थियो ।


२०७९ जेष्ठ ३१, मंगलवार ०७:४८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय