
सर्लाही : खाद्य-मलको समस्या समाधान गर्नका लागि चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राज कुमार महतोले पहल सुरु गरेका छन ।
चन्द्रनगर गााउँपालिकाका किसानलाई समयमा सहज र समान रुपले मल खाद उपलब्ध गराउने विषय केन्द्रित गरेर गाउँपालिका भरीका मल बिक्रीवितरण गर्ने सुचिकृत आधिकारीक डिलरहरु सितको चन्द्रनगर गाउँपालिकाको बैठक आज सम्पन्न भएको छ ।
किसानको मलखाद सम्बन्धि गुनासो समस्या, डिलरले भोग्नु परेको समस्या र बाधा एवम गाउँपालिकाले निति नियम मजबुत बनाउन र नियमन गर्न आवश्यक प्रावधान माथी दुई तर्फी बृहत अन्तरक्रिया भएको थियो ।
माथिल्लो निकायबाट प्राप्त भएको मलखाद सिस्टम भित्र बसेर गाउँपालिका किसानलाई समान रुपमा र सहज तरिकाले प्रत्येक वडाको वडा समितिको उपस्थितिमा पारदर्शी तरिका बिक्री वितरण गर्ने निष्कर्ष सहित आजको बैठक सम्पन्न भयो ।